११ वाणिज्य बैंकको सीसीएआर १० प्रतिशतभन्दा कम, लाभांश वितरणमा फेरि तगारो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ वटा वाणिज्य बैंकको प्राथमिक पुँजी (सीसीएआर) १० प्रतिशतभन्दा कम रहेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एनआईसी एशिया, माछापुच्छ्रे बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, प्रभु बैंक, सानिमा बैंकको सीसीएआर १० प्रतिशतभन्दा कम देखिएको छ । राष्ट्र बैंकले बैंकहरूको सबै प्रकारका पुँजी र विश्लेषण को समीक्षा गरेर सीसीएआर निकाल्ने गर्दछ ।

राष्ट्र बैंकले पुँजीकोषलाई प्राथमिक पुँजी (सीसीएआर) र पूरक पुँजी (सीएआर) लाई गणना गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको ‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’ अनुसार वाणिज्य बैंकहरुले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत क्यापिटल कन्जरभेसन बफर अर्थात् पुरक पुँजी गरी ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । सोमध्ये प्राथमिक पुँजी अनिवार्य नै हो ।

प्राथमिक पुँजी ८.५ प्रतिशत नपुर्याउने बैंकहरूको अहिलेपनि लाभांश वितरण रोक्का नै छ । प्राथमिक पुँजी कोषभित्र पनि न्यूनतम साझा इक्विटी ४.५ प्रतिशत पुँजी संरक्षण बफर २.५ प्रतिशत, न्यूनतम साझा (टियर वान) पुँजी अनुपात पुँजी संरक्षण बफर बाहेक ६ प्रतिशत र बफरसहित ८.५ प्रतिशत हुनुपर्छ । जसलाई प्राथमिक पुँजीकोष अनुपात भनिन्छ ।

सेयरधनीले गरेको लगानीभन्दा बैंकले लिएको दायित्वको अनुपात बढी भएमा बैंकहरूले लाभांश वितरण गर्न पाउँदैनन् । सो कारण यी बैंकहरूको लाभांश वितरणमा यस वर्ष पनि धक्का पर्ने देखिएको छ । गत आर्थिक वर्षमा जस्तै बैंकहरूको निक्षेप संकलनमा खासै प्रगति भएको देखिएको छैन । सोही अनुरुप बैंकहरू कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । कर्जाको मागअनुसार निक्षेप संकलन गर्न नसक्दा कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशतमाथि पुगेको अवस्था थियो । अहिले यसमा सुधार भएको छ ।

अहिले त्यसमा केहि सुधार आएर ८६/८७ प्रतिशतकै हाराहारीमा छ । राष्ट्र बैंकले यो तथ्यांक गणना गर्दा सीडी रेसियो अझ माथि थियो । त्यसैले अप्ठ्यारोमा परेका बैंकहरूले कर्जा रोके र अहिले केहि सहजता भएको छ । बैंकहरूले नयाँ कर्जा रोक्नु वा घटाउनुको कारण पुँजीकोष अनुपातको सीमा नाध्नु वा ‘बोर्डर लाइन’ मा पुग्नु मुख्य कारण हो । त्यहि हुनाले बैंकहरूले पछिल्लो समय त्यति कर्जा प्रवाह गरेको देखिदैन ।

औषतमा वाणिज्य बैंकहरूको सीसीएआर १०.१३ प्रतिशतमाथि भएपनि सो अवधिमा ११ वटा वाणिज्य बैंकको सीसीएआर १० प्रतिशतभन्दा कम छ । गत असार मसान्तसम्म ८ वाणिज्य बैंकहरूको सीसीएआर ‘बोर्डर लाइन’ अर्थात् ८.६४ प्रतिशतदेखि ९.९३ प्रतिशतसम्म कायम छ । गत असार मसान्तसम्म औषतमा वाणिज्य बैकहरूको सीसीएआर १०.७६ प्रतिशत र सीएआर १३.५७ प्रतिशत कायम छ । चालु आर्थिक वर्षको यो अवधिमा वाणिज्य बैंकहरूको सीसीआर १३.०१ प्रतिशत रहेको छ ।

एनआईसी एशिया बैंकले लगातार गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्ष गरी लगातार दुई वर्ष पनि लाभांश बाड्न नपाउने देखिएको छ । यो वर्षपनि बैंकले यो पाटोमा ध्यान नपुर्याउँदा यसवर्ष पनि फेरि लगानीकर्ताको हात खाली हुने देखिएको छ ।

सेयरधनीले गरेको लगानीभन्दा बैंकले लिएको दायित्वको अनुपात बढी भएको हुँदा एनआईसी एसिया बैंकले लाभांश वितरण गर्न नपाउने देखिएको हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ र गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट पनि लाभांश बाड्न नपाउने देखिएको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट पनि एनआईसी एशियासँगै लक्ष्मी बैंकलाई समेत राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाइसकेको छ भने माछापुच्छ्रे बैंकले पनि गत वर्षको मुनाफाबाट लाभांश नबाढ्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थाको मुख्य कारण भनेको तोकिएको पुँजीकोष अनुपात अपुग हुनु नै हो ।

सिद्धार्थ बैंकको पनि खासै प्रगति गर्न सकेको देखिदैन । चालु आर्थिक वर्षमा बैंकको ९.१८ प्रतिशत थियो भने चालु आवको दोस्रो त्रैमास सोही अवस्था रहेको छ । बैंकले अहिले त्रैमासमा केहि सुधार गरेपनि अहिले फेरि गत आवको अन्त्यकै अवस्था पुगेको हो ।

नेपाल एसबीआई बैंकको सीसीआर चालु आवको दोस्रो त्रैमासमा ९.९३ प्रतिशत रहेको छ । यो सीसीएआर १० प्रतिशतभन्दा कम सीसीएआर हुने बैंकको माथिल्लो स्थान हो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/03/KFI-Poush.pdf”]

गत असारमसान्तमा माछापुच्छ्रे बैंकको सीसीएआर (८.८१ प्रतिशत) सीसीएआरमा अहिले केहि सुधार भएको छ । चालु आवको दोस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको सीसीएआर सबैभन्दा कम ८.६४ प्रतिशत कायम भएको छ । पहिलो त्रैमासमा बैंकको सीसीएआर ८.७१ प्रतिशत कायम रहेको छ ।

चालु आवको दोस्रोे त्रैमासमा एनआईसी एशिया बैंकको यस्तो सूचकांक ९.१२ प्रतिशत रहेको छ । गत आवको अन्त्यमा बैंकको सीसीएआर ८.९३ प्रतिशत थियो । लक्ष्मी बैंकले पनि यो आर्थिक वर्षमा केहि प्रगति गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा ९.०९ प्रतिशत रहेको सीसीएआर अहिले केही सुधार भइ ९.३१ प्रतिशमा झरेको छ ।

सनराइज बैंकको सीसीएआर भने गत आवको अन्त्यमा ९.१८ प्रतिशत थियो भने अहिले बढेर ९.३० प्रतिशत पुगेको छ ।
सीसीएआर सानिमा बैंकको सीसीएआर ९.६६ प्रतिशत रहेकोमा अहिले अझ केहि सुधार भई ९.४२ प्रतिशत कायम रहेको छ भने प्रभु बैंकको सीसीएआर ८.९० प्रतिशत कुमारीको ८.९१ प्रतिशतनै सीसीएआर कायम रहेको छ ।

के हो टायर १ र २ क्यापिटल ?

बैंकहरूले प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत पुर्याउनुपर्छ । बैंकहरूले यसलाई टायर १ क्यापिटल भन्छन् । यसमा बैंकको चुक्ता पुँजी, बाँड्न लागिएको लाभांश, सेयर प्रिमियम, रिजर्भ, रिटन्ड अर्निङ, चालु वर्षको अडिट नभएको नाफालाई जोडेर आउने रकममा कर एसेटलगायत लगानी भएका इक्विटी एक्सेसको सीमा घटाएपछि आउने रकमलाई टायर १ क्यापिटल अर्थात् प्राथमिक पुँजी भनिन्छ ।

टायर २ भने ऋणपत्र, लोन लस प्रोभिजनको रकम, लगानी गर्दाको रिजर्भ र अन्य रिजर्भ जोडेर आउने रकम हो । यसरी टायर १ र २ पुँजी जोडेर आउने रकमलाई पुँजीकोष भनिन्छ । हाल बैंकहरूको ६८ अर्ब ६१ करोड रुपैयाँ कुल क्यापिटल फण्ड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स