१५ महिना लामो वारेन्टी भएको एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री बजारमा

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.लि. ले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ-रिक्सा ब्याट्रीको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ-रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो ।

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ-रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन ।

यसैगरी, यिनीहरुमा ‘रगेड ट्युवलर पोजिटिभ प्लेट’ को विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ । आफ्नो उत्कृष्ट रसायनिक एवं अन्य गुणहरुको कारण यो नँया उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्नेमा सिप्रदी ढुक्क छ ।

कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स