काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक बैंकसहित दुई कम्पनीको कुल १ करोड १६ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
बुधबार सानिमा विकास बैंक र सिवाईसी नेपाल लघुवित्तको कुल १ करोड १६ लाख ९२ हजार कित्ता सेयर सूचीकृत भएको हो ।
जसअनुसार, सानिमा बैंकको १० प्रतिशत दरका कुल १ करोड १३ लाख २७ हजार ३७७ कित्ता र सिवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत दरका कुल ३ लाख ६४ हजार ९२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।