रुकुम पूर्वमा कृषि विकास बैंकको नयाँ शाखा

काठमाडौं । लुम्विनी प्रदेशको एक मात्र हिमाली जिल्लाको रुपमा चिनिने शाखा पुर्वि रुकुममा कृषि विकास बैंकको नयाँ शाखाको औपचारीक रुपमा उदघाटन सम्पन्न भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायबाट औपचारिक रुपमा उदघाटन सम्पन्न भएको हो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यो क्षेत्र कृषिको लागि प्रचुर संभावना बोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यस क्षेत्रका जनताको जीवनस्तर उकास्न र आयस्तर वृद्धि गर्न जस्तोसुकै परिस्थितिमा पनि बैकले तपाईहरुको साथमा रही तपाईहरुको घर आगनको बैंकको रुपमा सहकार्य गर्न तयार रहेको बताए ।

त्यसैगरी, यस बैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले जतिसक्दो उत्पादन मुलक व्यवसायमा जोडीने कृषकलाई सहुलियत पुर्ण कर्जा उपलब्ध गराउने र कृषकलाई आधुनिक प्रविधिसंग आवद्ध गराई लैजाने बताए ।

उक्त कार्यक्रममा स्थानीय जनताको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दे बलबहादुर शाहीले लामो समयकोे प्रतिक्षा पश्चात पुर्वी रुकुम वासी जनताले सरकारी बैंक मार्फत बैंकिङ कारोवार गर्न पाउदा कृषि विकास बैंकको व्यवस्थापनलाई विशेष धन्यवाद दिदै आगामी दिनहरु सफल रहोस् भनि शुभकामना व्यक्त गरे ।

हाल यस क्षेत्रका करिव ५०० भन्दा बढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोवार गर्दै आएको समेत बताए । त्यसैगरी कृषि विकास बैंक प्रदेश कार्यालय नेपालगंजका निर्देशक गिरीराज रेग्मीले बैंकले उपलब्ध गराउने सेवाको बारे जानकारी गराएका थिए ।

पुर्वी रुकुमका प्रवन्धक बिष्णुजंग शाहले कार्यक्रममा उपस्थित सर्वसाधारण, प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रवन्धक र नेपालगंज प्रदेश कार्यालयका निर्देशकलाई स्वागत गरेका थिए भने कृषि विकास बैंकका व्यवसाय सहायक मदन पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स