बैंक तथा वित्तीय संस्थाका सीईओहरूको तलब भत्ता नबढाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ( सीईओ)हरूको तलब तथा सेवासुविधा नबढाउन निर्देशन दिएको छ । बैंक सञ्चालक समितिले आफ्नो मनोमानीमा जथाभावी बैंक तथा वित्तीय संस्थाका सीईओको तलब तथा भत्ता बढाउन थालिएपछि त्यसलाई रोक्न राष्ट्र बैंकले कडा निर्देशन दिएको हो ।

राष्ट «बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई छुट्टा–छुट्टै पत्र पठाउँदै प्रमुख कार्यकारी अधिकृतहरुको तलब, भत्ता तथा सुविधाहरु हाललाई वृद्धि नगर्न÷नगराउन निर्देशन दिएको हो ।

विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई काटेको पत्रमा निर्णय कार्यान्वयनको सम्बन्धमा भन्दै यस्तो भनिएको छ–‘यस बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरूको तलब भत्ता तथा सुविधाहरूको पुनरावलोकन सम्बन्धमा अध्ययन भईरहेकोले त्यस संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अनय सुविधाहरू हाललाई वृद्धि नगर्न÷नगराउन हुन निर्णयानुसार अनुरोध छ ।

राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभागका प्रमुख समेत रहेका भट्टको हस्ताक्षर रहेको उक्त पत्र बैंक तथा वित्तीय संस्थालाई कार्यान्वयनको लागि अलग–अलग पठाएर यस्तो निर्देशन दिएका हुन् ।

कतिपय बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र सीईओ मिलेर मनोमानी ढंगबाट तलब भत्ता तथा अन्य सुविधा वृद्धि गरेको राष्ट्र बैंकले पाएपछि राष्ट्र बैंकले यस्तो निर्णय लिएको हो । खर्च देखाउनका लागि अन्य शीर्षकमा खर्च देखाएको समेत राष्ट्र बैंकको अध्ययनले देखाएको थियो । सो कारण राष्ट्र बैंकले यस्तो कदम चालेको हो ।

राष्ट्र बैंकका अनुसार जनताको पैसाबाट सञ्चालित बैंकका सीईओले करोडौं रुपैयाँ मनोमानी ढंगबाट खर्च गर्ने अख्तियारी स्वयम सञ्चालकले नै दिएपछि यो मौलाउँदै गएको विकृति रोक्न राष्ट्र बैंकले यो निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकको यो निर्णयले बैंक तथा वित्तीय संस्थालाई सीईओहरूको तलब भत्ता तथा अन्य सुविधा बढाउन लगाम लगाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स