नेपाली कांग्रेसका सांसद टेक वहादुर गुरुङ भ्रष्ट ठहर

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्ट भएको ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा उनी भ्रष्ट ठहर भएका हुन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो ।

प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार यो मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएका छन् । सजाय भने २५ फागुनमा सुनाइने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो ।

गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स