देशभर थप १,४७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप १,४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १३ हजार ९३० वटा नमुनाको परीक्षण गर्दा १,४७८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ भने १,६३० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स