सप्तरीको खडक नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया

सप्तरी । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा यही फागुन १५ गते मधेश प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि खडक नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले घटना कतिवेला हुन्छ थाहा नहुने भएकाले सबैले जीवन तथा घर लगायत सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्नुपर्ने बताइन् । कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी प्रस्तुती गरेकी थिइन् ।

कार्यक्रममा सहभागीहरुले कृषि तथा पशुपन्छी बीमा गर्नका लागि बीमा कम्पनीहरु गाउँमा आउनुपर्ने, विनाझन्झट दाबी भुक्तानी पाउनुपर्ने, बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरु गाउँ गाउँमा आयोजना गर्नुपर्ने, कम्पनीका शाखा कार्यालयबाट नै बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले संचालन गरेको कार्यक्रममा खडक नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु, बीमा, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधि, कृषक, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता लगायत गरी करिव ७५ जनाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स