सिवाइसी र आँधिखोला लघुवित्तको एकीकृत कारोबार फागुन ३० गतेबाट सुरु, यी दुई दिन दुवै कम्पनीको बैंकिङ सेवाहरु बन्द हुने

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीको असोज ७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

नेपाल राष्ट्र बैंकले गत पुस ७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन १५ गते मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो।

मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं. ८, सभागृह चोक, कास्की, साविक सिवाईसी नेपाल लघुवित्त संस्थको केन्द्रीय कार्यालय कायम रहने संस्थाले जनाएको छ ।

एकीकृत कारोबार प्रयोजनार्थ यही फागुन २८ गते र फागुन २९ गते दुई दिन दुवै संस्थाको सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स