ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशनपछि सेयर बजारमा तेहोरो अंकको उछाल

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा बुधबार तेहोरो अंकको उछाल अंकको उछाल आएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा हस्तक्षेप गरेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो ।

मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीका छाता संगठनहरुलाई बोलाएर नियम विपरित निक्षेपको ब्याजदर घटाउन निर्देशन दिएको थियो । ब्याजदर नघटाए कारबाही गर्ने चेतावनी पनि राष्ट्र बैंकले दिएको थियो ।

बैंकिङ प्रणालीमा लगानीय योग्य रकमको अभाव हुन थालेसँगै बैंक तथा वित्त कम्पनीहरुले असोज १ गतेदेखि लागु हुनेगरी निक्षेपको ब्याजदर बढाउनेगरी प्रतिस्पर्धामा उत्रेका छन् ।

आज नेप्से १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ । २ सय १७ कम्पनीको ७२ हजार ७१४ पटक सेयर कारोबार भएको छ । १ करोड २१ लाख २२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १७ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूहहरु बढेका छन् । लाइफ इन्स्योरेन्स उपसमूह ५५१.७५ अंकले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स