उपप्रधानमन्त्री विष्णु पौडेलसहित ८ मन्त्रीले बुझाए राजीनामा

काठमाडौं । उपप्रधानमन्त्री विष्णु पौडेलसहित ८ मन्त्रीले राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेबाट मन्त्री बनेका ८ मन्त्रीले राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेमा मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई रहेका छन् ।

सोमबार बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।

आइतबार साँझ प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा सहभागी हुन जान लागेकी परराष्ट्र मन्त्री विमला राई पौड्याललाई रोकेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स