जीएमई रेमिटको माध्यमबाट नेपालमा पैसा पठाउँदा ५ लाख जित्ने मौका

काठमाडौं । दशैं तथा दीपावलीको अवसरमा जीएमई रेमिटले अल्फरदान एक्सचेन्जसँगको सहकार्यमा दशैं तिहार बम्पर धमाका योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत युएईस्थित सम्पुर्ण नेपालीहरुले अल्फरदान एक्सचेन्जका ७० भन्दा बढी शाखाहरु मार्फत जिएमई रेमिटको माध्यमबाट नेपालमा पैसा पठाउँदा भाग्यशाली विजेता बन्न सक्नेछन् ।

यस योजना अन्तर्गत १ जना भाग्यशाली विजेताले मेगा पुरस्कार स्वरुप ५ लाख रुपैयाँ नगद उपहार र हरेक हप्ता विभिन्न आकर्षक उपहार (विद्युतिय सामाग्रीहरु) प्राप्त गर्नेछन् । यो योजना कात्तिक ४ गते सम्म कायम रहने जीएमई रेमिटले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स