विजय लघुवित्तको बचततर्फको ब्याजदर बढ्यो, कति पाउँदैछन् ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बचततर्फको ब्याजदर परिवर्तन गरेको छ । कम्पनीले फागुन १५ गतेदेखि लागू हुने गरी ६ वटा बचत खाताको ब्याजदर परिवर्तन गरेको हो ।

जसअनुसार कम्पनीले मासिक बचत (अनिवार्य बचत) खाता, स्वेच्छिक बचत, समूह बचत र चाडपर्व बचत खातामा ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै, बाल बचतमा ७.७५ प्रतिशत र विशेष बचत खातामा ८ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

यसअघि कम्पनीले अनिवार्य बचतमा ६ %, स्वेच्छिक बचतमा ५%, समूह बचतमा ५% ब्याजदर निर्धारण गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स