इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६ औं वार्षिक साधारण सभा सम्पन्न, मर्जर तथा प्राप्तीको जिम्मा सञ्चालक समितिलाई

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको आज बसेको साधारण सभाले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर पारित गरेको छ । हाल संस्थाको ४१ करोड ४५ लाख १३ हजार २८४.७३ रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

सभाले आ.व.२०७९/८० को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्तिको सिफारिस तथा वित्तीय संस्थाले एक वा एकभन्दा वढी उपयुक्त लघुवित्त संस्थाहरू गाभ्ने÷गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनार्थ सम्वन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी समेत सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ ।

सभाले वित्तीय संस्थामा कार्यरत कर्मचारी मध्ये उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई Employee of the year को अवार्ड समेत प्रदान गरेको छ । सभा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष श्री बल राम प्रवीण कुमार लामाले बताए ।
साथ पूर्वाधार विज्ञ डा.सुर्यराज आचार्यको विशिष्ट आतित्थमाLeadership Symposium को बारेमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा विज्ञ डा.आचार्यले लघुवित्त सम्बन्धी विभिन्न किसिमका समस्या तथा चुनौतिहरुलाई समाधान गर्दै कसरी अगाडि बढ्ने विषयमा स्पष्ट पारेका छन् ।

कार्यक्रममा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष श्री बलराम विष्ट, स्वतन्त्र सञ्चालक महेश्वर प्रसाद जोशी तथा वित्तीय संस्थाका संस्थापक सेयरधनी दिनेश अधिकारीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा वित्तीय संस्थाको अध्यक्ष बल राम विष्टले कर्मचारीहरुले हालको विषम परिस्थितिमा पनि उच्च गुणस्तरको कार्य सम्पादन गरेको र भोलिको दिनमा समेत प्रवीण कुमार लामाको सभापतित्वमा सञ्चालन भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स