काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख २ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय ६० रूपैयाँ कायम भएको छ ।