काठमाडौं । नेबिको बिष्कुटले विद्युतबाट चल्ने नयाँ प्लान्ट जडान गरेको छ । दशैं अगाडि असोज मै जडान भएको उक्त नयाँ प्लान्टबाट वार्षिक १० हजार टन बिष्कुट उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । नेपालमै पहिलो पटक इलेक्ट्रिकबाट मात्रै चल्ने मेसिन जडान गरेको नेबिकोले कच्चा पदार्थ सर्वसुलभ र सहज भए वार्षिक १० हजार टन बिस्कुट उत्पादन गर्न जनाएको छ ।
पुस महिनादेखि पूर्ण रुपमा सञ्चालनमा आएको उक्त प्लान्टबाट यो आर्थिक वर्षमा औसतमा ५ देखि ६ हजार टन बिष्कुट तथा अन्य प्रडक्ट उत्पादन गर्न सक्ने नेबिको बिस्कुटका ब्रान्ड म्यानेजर अरुण पौडेलले बताए । नेबिकोले करिब ३० करोड रुपैयाँ खर्चेर जडान गरेको उक्त प्लान्ट जडान गरेको हो ।
गत वर्ष साउन २२ गते बिहान २ बजे नेबिको बिष्कुटको बालाजु प्लान्टमा आगो लगर ध्वस्त भएपछि कम्पनीले नयाँ प्लान्ट जडान गरेको हो । त्यसपछि १ वर्ष लगाएर नेकिकोले नयाँ प्लान्ट जडान हो । सुरुका महिनामा प्रविधि मिलाउन गाह्रो भएपनि अहिले गुणस्तरीय उत्पादन हुन थालेको छ ।
तर, १ वर्षमा कम्पनीमा भएको नोक्सानीलाई फूलफिल गर्नको लागि पूर्ण क्षमतामा उत्पादन गर्न सक्ने अवस्थामा पुगेपछि बजारमा बिष्कुटको मुख्य कच्चा पदार्थ मैदाको सटेज भएको छ । ‘कच्चा पदार्थको अभावले कम्पनी नै बन्द गर्नुपर्ने अवस्थामा नपुगेपनि प्रर्याप्त भने छैन,’ उनले भने ‘यदि कच्चा पदार्थ प्रर्याप्त भएको भए अहिले बजारमा नेबिकोको उपस्थिति अझ बढ्ने थियो ।’ नयाँ प्रडक्ट पनि कम्पनीले यसअघि नै ल्याइसक्ने बुझिएको छ ।
प्रर्याप्त मैदा तथा अन्य कच्चा पदार्थ नहुँदा कम्पनीले क्षमताअनुसारको काम गर्न पाएको छैन । मैदाको साथै बिष्कुट उत्पादन गर्नको लागि आवश्यक पर्ने चिनी घ्यू, तेल, फेवर र बिष्कुट प्याकेजिङका सामग्री पनि बजारमा प्रर्याप्त नभएको उनले बताए । पछिल्लो समय मैदाको मूल्य बढेर डब्बल भएको छ ।
अन्य सामानको मूल्य पनि त्यतिकै बढेको र आवश्यकताअनुसार बिष्कुटको मुख्य कच्चा पदार्थ मैदा नहुँदा उत्पादनमा अझ असर परेको पौडेलले बताए । नेबिको बिस्कुटले काठमाडौंको बालाजु प्लान्टमा आगलागी हुनुभन्दा पहिलानै हेटौंडामा अर्को प्लान्ट जाडन गरेर बि.सं. २०८० सम्म साढे दुई अर्बको व्यापार पुर्याउने लक्ष्यसहित व्यावसायिक प्लान बनाएको थियो ।
नेबिकोका नयाँ दुई प्रडक्ट यहि फागुनमा
नेबिको बिस्कुटले यहि फागुन महिनामा दुई वटा नयाँ प्रडक्ट ल्याउने भएको छ । कुकिजका रुपमा आउने ती प्रडक्टलाई आम उपभोक्ताले नेबिकोको अन्य उत्पादन जस्तै मन पराउने कम्पनीले विश्वास लिएको छ । ५९ वर्षको इतिहास बोकेको नेबिको बिष्कुटले हाल ५० प्रकारका बिस्कुट र ३० प्रकारका कन्फेक्सनरी, कुकिजलगायतका उत्पादन गर्दै आएको छ ।
हनी र पानीमा पनि जम्दै नेबिको
गत माघ पहिलो साताबाट नेबिको ब्राण्डमा ‘नेबिको हनी’ पनि बजार आएको छ । उक्त प्रडक्ट कम्पनीले लुम्बिनी प्रदेशको राजधानी दाङमा प्रशोधन केन्द्र स्थापना गरेर नयाँ प्रडक्ट बजार ल्याएको हो । मासिक ३ करोड मूल्य बराबरको हनी उत्पादन क्षमता रहेको छ । नेबिको ब्राण्डको हनी हजार, पाँच सय र २५० ग्राममा उपलब्ध गएको कम्पनीले जनाएको छ । गाउँ गाउँबाट संकलित उक्त हनी नेबिको बिष्कुटजस्तै गुणस्तरीय भएको कम्पनीको दावी छ ।
त्यसरी नै नेबिकोले पानी उद्योग पनि सञ्चालन ल्याएको छ । नेबिकोले आफ्नो सिष्टर कम्पनी खोलेर दाङबाट पानी उत्पादन सुरु गरेको हो । कम्पनीले ‘राम्री फूड एण्ड वेभरेज’ कम्पनी खोलेर मिनरल वाटर उत्पादन गरेको छ । महिनामा साढे १ करोड रुपैयाँ बराबरको मिनलर वाटर काठमाडौंको बजारमा ल्याएर बिक्री गर्ने गरि कम्पनीले उक्त सिष्टर कम्पनी स्थापना गरेको हो । हाल लुम्बिनी प्रदेशलगायतका स्थानमा बजारीकरण भइरहेको उक्त पानी माग अनुसार देशका जुनसुकै स्थानमा पनि पुर्याएन सकिने कम्पनीले जनाएको छ ।