अब प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी गुडाउन नपाउने

काठमाडौं । अब काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने नयाँ व्यवस्था भएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारले कलंकी–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि प्रति घन्टा ५० किलोमिटर गति तोकिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी उक्त नयाँ व्यवस्था गरेको हो ।

उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सीमा तोकेर सोही स्थानमा गति सीमाका बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ । तोकिएको गतिभन्दा बढीमा सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स