यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ अंक विन्दुमा आइपुगेको छ ।

आज ६३ लाख २६ हजारको कित्ता सेयर २ अर्ब ५२ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०३ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल हाईड्रोको ४.८२%, सामलिङ पावरको ४.७७%, सिद्धार्थ इन्भेष्टमेन्टमेन्ट ग्रोथ स्मिक २को ३.४३%, प्रभु बैंकको डिभेञ्चरको १.९९%, सानिमा लार्ज क्याप फण्डको १.९२ प्रतिशतले सेयर उकालो लागेको छ।

त्यस्तै, आज ४० भन्दा बढी लघुवित्तहरुको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

छिमेक लघुवित्त, समिट लघुवित्त, स्वरोजगार लघुवित्त लगायत अन्य ४१ लघुवित्तको सेयरमा १० प्रतिशतको नकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स