प्राधिकरणको निर्देशन नेपाल टेलिकमद्वारा उल्लघंन, उपभोक्तालाई दिनुपर्ने ‘फाईभ जी’ सेवाको परीक्षण आफैलेमात्रै गर्यो

काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनलाई नेपाल टेलिकमले उल्लघंन गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई ‘फाईभ जी’ परीक्षणको लागि दिएको थियो ।

तर, नेपाल टेलिकमले नियामक निकायले दिएको निर्देशनलाई पालना नगरी आफ्नै ढंगबाट फाईभ जी परीक्षण गरेको छ । आम नागरिकमा परीक्षण गर्न दिएको फाईभ जी नेपाल टेलिकमले आफ्नो उपकरणमात्र परीक्षण गरेको प्राधिकरणका अध्यक्ष पुरुर्षोत्तम खनालले बताए ।

‘आमनागरिकमा परीक्षण गर्न दिएको फाईभ जी टेलिकमले आफै उपकरणमा मात्र परीक्षण गरेर राख्यो,’ हाम्रोअर्थसँग उनले भने ‘टेलिकमले बबरमहल र सुन्धाराको सेलुलर(डिभाइ) बाट मात्र परीक्षण गर्यो ।

‘आमनागरिकले परीक्षण नगरी यसको सेवा कस्तो छ भनेर कसरी थाहा पाउन सकिन्छ, अध्यक्ष खनालले ‘हामीले टेलिकमलाई देशभरनै यो परीक्षणका लागि दिएका थियौं ।’

नेपाल टेलिकमले आफ्ना सीमित कर्मचारीलाई सो सेवा उपयोग गर्न दिएपनि आम नागरिकले भने सरकारले दिएको सेवाको उपयोग गर्न पाएका छैन् । सरकारले ट्रायालका लागि भनेर निश्चित शर्तहरू राखेर नेपाल टेलिकललाई १ वर्ष अघि फाईजी परीक्षण गर्ने जिम्मा दिएको थियो । सरकारले फ्रिमा उपलब्ध गराएको उक्त फाईफ जीको टेलिकमले सहि ढंगबाट परिक्षण नगरी दिँदा प्राधिकरणलाई यसको सेवाबारे जाँच गर्न असर परेको छ ।

प्राधिकरणले उक्त सेवा सबै दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गर्ने हो भने टेण्डर गर्नुपर्छ । परीक्षण नै नभइ यसको गुणस्तरको वारेमा मापननै नगरी त्यतिकै टेण्डर गर्न पनि मिल्दैन । हाल देशभर फोजी सेवा लागू भएपनि आम ग्राहकले सो सेवाको सोही गुणस्तरमा पाउन सकेका छैनन् । अहिले पनि फोन गर्दा वा इन्टरनेट सेवा सञ्चालन गर्दा समस्या करिब उस्तै नै छ ।

हाल नेपालमा कार्यान्वयनमा आईसकेको फोजी सेवा इन्टरनेटमा मात्रै हो । भ्वाइस कलमा अझै हामी थ्री जी वा टू जीको भरमा नै छौं । यदि ग्राहकले फोजी नेटवर्कबाट फोन गर्ने हो भने त्यो फोन लाग्दैन अर्थात आफै थ्री जीमा कन्भर्ट भएर फोन सञ्चालन हन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स