सबै बैंकको कर्जा बढ्दा प्रभुको मात्रै किन घट्यो, कुन कुन बैंकको घट्यो निक्षेप ?

काठमाडौं । सबै बैंकको कर्जा बढाइरहेका बेला प्रभु बैंकको भने कर्जा घटेको छ । साउन महिनासम्म १ खर्ब ४२ अर्ब ७३ करोड कर्जा प्रवाह भएकोमा भदौमा आइपुग्दा ३४ करोडले कर्जा प्रवाह घटेर १ खर्ब ४२ अर्ब ३९ करोडमा सीमित भएको छ । यो अवधिमा अन्य वाणिज्य बैंकहरूले भने कर्जा प्रवाह बढाएका छन् । भदौ महिनामा बैंकहरूले १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

अन्य सबै बैंकहरूले भदौ महिनामा कर्जा बढाएसागै निक्षेप पनि समग्रमा ४८ अर्बले बढेको छ । यद्यपि भदौ महिनामा ८ वटा बैंकको निक्षेप भने घटेको छ । असारको तुलनामा भदौमा १३ वटा बैंकको निक्षेप घटेको नेपाल बैकसं संघको तथ्यांकले देखाएको छ ।

भदौ महिनामा सबैभन्दा बढी निक्षेप नेपाल इन्भेष्टमेन्ट बैंकको घटेको छ । बैंकको निक्षेप १ महिनामा ५ अर्ब ८० करोड रुपैयाँले घटेको छ । बैंकमा भदौ अन्त्यसम्म १ खर्ब ७१ अर्ब २१ करोड निक्षेप रहेको छ ।

भदौ महिनामा नेपाल बंगलादेश बैंकको निक्षेप पनि घटेको छ । नेपाल बंगलादेश बैंकको निक्षेप भने ४ अर्ब १८ करोड रुपैयाँले घटेको छ । बैंकको भदौ मसान्तसम्म ७८ अर्ब ४४ करोड निक्षेप रहेको छ ।

यो ग्लोबल आईएमई बैंकको निक्षेप ३ अर्ब ५१ करोड रुपैयाँले घटको छ । नेपाल एसबीआई बैंकको पनि १ अर्ब ९६ करोडले निक्षेप घटको छ ।

निक्षेप घट्ने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल कृषि विकास बैंक पनि परेका छन् । यी दुई बैंकको निक्षेप भने क्रमशः १ अर्ब २८ करोड र ९७ करोड रुपैयाँले घटेको छ । बैंक अफ काठमाडौं, सेञ्चुरी, मेगा बैंकको पनि निक्षेप घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स