भोलिबाट सर्वसाधारणका लागि आत्मनिर्भर लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री खुला

काठमाडौं । भोलिबाट आत्मनिर्भर लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री खुला
हुने भएको छ । कम्पनीले फागुन ११ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बाँकी १ लाख ६९ हजार ७५५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

सर्वसाधारणले भने फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। यो आईपीओमा उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्ने छन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर निष्कासन गरि बाँडफाँट गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स