काठमाडौं । लगातार घटेको सेयर बजारमा हरियाली छाएको छ ।
बुधबार, नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ अंक विन्दुमा आइपुगेको छ ।
आज ४७ लाख ७९ हजारको कित्ता सेयर १ अर्ब ८० करोड ३२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४९ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १३ करोड २७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, जीवन विकास लघुवित्तको ४ करोड ९२ लाख, ग्लोबल आइएमई बैंक ४ करोड ६१ लाख, एनआइसी एसियाको ४ करोड ५२ लाख र न्याङदी गु्रपको ४ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।