आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न, ८ जनाले पाए ११ कित्ता सेयर

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको हो । बिक्री प्रबन्धक सनराइज क्यापिटलले फागुन ८ गते सेयर बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार १० देखि १ हजार कित्ता सम्म आवेदन दिने २ हजार ३३ जनालाई १० कित्ताको दरले सेयर बाँडफाँट गरिएको छ । त्यस्तै २० देखि १ हजार कित्ताको लागि आवेदन दिने मध्ये बाट ८ जनालाई थप १ कितात सेयर बाँडफाँट गरिएको छ । यस हिसाबमा ८ जनाले ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीले माघ १६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स