काठमाडौं । किसान लघुवित्तले लाभांश घोषणा गरेको छ। फागुन ९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हालको चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरि कुल ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड १३ हजार लाख रहेको छ ।