सामुदायिक लघुवित्तले २१.०५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । सामुदायिक लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको फागुन ९ गते बसेको संचालक समितिका बैठकले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ११.०५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल २१.०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १३ करोड २० हजार लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स