दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा जान रोक

काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा जान रोक लागेको छ । वैदेशिक रोजगार विभागले एक विज्ञप्ति जारी गर्दे दुबई र कतारमा उक्त पदमा जाने अधिकांश श्रमिक समस्यामा परेको भन्दै पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो ।

उक्त पदमा जाँदा लाइसेन्स प्राप्त गर्न कठिन भएको र लामो समय कामविहीन भई बस्नु परेको समेत अवस्था सिर्जना हुँदा अधिकांश श्रमिक धेरै पटक ट्राफिक कारवाहीमा परी ठूलो जरिवाना बुझाउनु परेको गुनासो बढी विभागले जनाएको छ ।

सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना समेत बढेसँगै विभागले यस्तो निर्णय लिनु परेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

सरकारले बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स