सिटिजन लाईफ इन्स्योरेन्सद्वारा ११ लाख रूपैयाँ बीमा दावी रकम भुक्तानी

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड वीरेन्द्रनगर शाखाले बीमा दावी रकम भुक्तानी गरेको छ । वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका बिमित स्वर्गीय जगतबहादुर शाहीको परिवारलाई सिटिजन शुभारम्भ योजना अन्तर्गत १० लाख (पाँच पाँच लाखका दुईओटा बीमा पोलिसी) बिमांक रकम र काजकिरिया खर्च वापतको एक लाख गरी कुुल ११ लाख रकम शाहीकी श्रीमती रत्ना शाहीलाई घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारी, वीरेन्द्रनगर ९ का वडा अध्यक्ष ऋषी गिरी र सिटिजन लाईफका क्षेत्रीय शाखा प्रमुख जीवनकुमार धामी तथा एजेन्सि मेनेजरहरुको उपस्तिथि रहेको थियो ।

नेपाल बीमा प्राधिकरण प्रदेश कार्यालय प्रमुख सोडारीले बीमा गरिब हुन नदिने माध्यम भएको र बीमालाई स्थानिय सरकारहरुले प्राथमिकतामा राख्नु पर्ने बताए । शुभारम्भ बिमा योजनामा रहेका ७ वटा सुबिधा अन्तर्गत बिमितको मृत्युपश्चात पाइने दुई गुणा बिमांक रकम (डिएसए) सुविधा बाफत बिमितको परिवारलाई १९ बर्ष पछि पुन १० लाख रुपैयाँ प्रदान गरिने छ ।

सिटिजन लाइफ वीरेन्द्रनगर शाखा प्रमुख नम बहादुर खड्काका अनुसार बिमित स्व।जगतबहादुर शाहीको परिवारले बिमांक रकम र काजकिरिया खर्च वापत ११ लाख प्रदान गरिएको छ भने, बीमा अवधी समाप्ती पछी परिवारले पुनः १० लाख रकम प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स