एनआईसी एशिया क्यापिटल र लघुवित्तको अध्यक्षमा सन्तोषकुमार राठी नियुक्त

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र एनआईसी एशिया वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोषकुमार राठी नियुक्त भएका छन्।

एनआईसी एशिया क्यापिटल र लघुवित्तको फागुन ८ गते छुट्टाछुट्टै बसेको संचालक समितिको बैठकले राठीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

योसँगै राठी दुईवटा कम्पनीको अध्यक्ष भएका छन् ।

राठीको बैंंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ।

हाल राठी एनआईसी एशिया बैंकमा क्रमशः नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानुन अधिकृतमा कार्यरत छन्।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स