मनकामना दर्शनद्वारा फोहोर व्यवस्थापन कार्यको लागि महिन्द ट्याक्टर हस्तान्तरण

काठमाडौं । मनकामना दर्शन प्रा.लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शहिद लखन गाउँपालिकालाई विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि महिन्द ट्याक्टर हस्तान्तरण गरेको छ ।

मनकामना दर्शनले आज (फागुन ८) गते फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्र 4 wd JIVO 245 DI ट्याक्टर हस्तान्तरण गरेको हो ।

हाइड्रोलिक ट्रेलर कुरिनटार स्थित अग्नी इनकर्पोरेटेड प्रा.लि.को अफिस प्रांगणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई उक्त ट्याक्टर हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यहरुको लगायत यस प्रा.लि.का उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक कार्य एवं सशक्त प्रभाव रहने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स