नेप्सेमा ग्लोबल आईएमई बैंकको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आईएमई बैंकको सेयर सूचीकृत भएको छ । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूलाई गाभेपछि बैंक अफ काठमाण्डूतर्फको २६ लाख १४ हजार ३ सय ३७.१७ कित्ता सेयर सूचीकृत भएको हो ।

बैंक अफ काठमाण्डूको उक्त सेयर अब ग्लोबल आईएमई बैंकको नामबाट कारोबार हुने छ । ग्लोबलले बैंक अफ काठमाण्डूलाई १ः१ को स्वापमा गाभेको हो ।

आज सुचिकृत सेयर र ग्लोबल आईएमई बैंकको यस अघि नै कायम २४ करोड ५० लाख ९६ हजार २ सय ६१ कित्ता गरि अब बैंकको कुल सूचीकृत सेयर संख्या ३५ करोड ७७ लाख १० हजार ५ सय ९८.१७ कित्ता कायम भएको छ ।

नेप्सेले बैंकको पहिलो कारोबारको लागि २०९.४२ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ ।

सेयर सूचीकृत भएसँगै बुधबारबाट बैंकको सेयर कारोबारमा आउने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स