लुम्बिनी विकास बैंकका डीसीईओ पवन ढकालको निधन

काठमाडौं । लुम्बिनी विकास बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवन ढकालको निधन भएको छ । बुधबार डीसीईओ ढकालको काठमाडौंमा हृदयघातका कारण निधन भएको हो ।

उनी लामो समयदेखि हृदयघातका कारण उपचाररत थिए । हृदयघात भएपछि उनलाई उपचारका लागि दिल्ली लगिएको थियो । उनलाई दुई पटकसम्म हृदयघात भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका ढकालको नेपाली बैंकिङ क्षेत्रमा तीन दशकको योगदान छ । उनले सन् १९९२ मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (साविक नेपाल ग्रिन्डलेज बैंक) बाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स