को हुन् कृषि विकास बैंकका नवनियुक्त सीईओ गुरुङ ?

काठमाडौं । कृषि विकास बैंकका नवनियुक्त सीईओ गोविन्द गुरुङसँग बैंकिङ क्षेत्रमा काम गरेको साढे डेढ दशकभन्दा बढीको अनुभव छ ।

नवनियुक्त सीईओ गुरुङसँग बैंकिङ क्षेत्रमा काम गरेको साढे डेढ दशकभन्दा बढीको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका हुन् ।

उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका थिए । त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरे । उनले मेगामा साढे २ वर्ष काम गरे ।

त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भएको रुपमा काम गरे । गुरुङ सोही बैंकको सीईओ समेत बने । विदेशी बैंकमा समेत काम गरेको अनुभव भएका गुरुङले ४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गरे ।

सिभिल बैंक छाडेर उनी विदेशी बैंक (म्यानमार) को सिटिजन्स बैंकमा सीईओ भएर डेढ वर्ष काम गरे । त्यसपछि उनले फेरि स्वेदशी बैंकमा प्रवेश भएको छ । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स