कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

 

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले गुरुङलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको हो ।

आज बसेको सञ्चालक समितिको बैठकलले सीईओमा गुरुङलाई नियुक्त गरेको बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । नवनियुक्त सीईओले सोमबारदेखि सीईओको कार्यभार सम्हाल्ने छन् ।

संचालक सुमन दाहाल नेतृत्वको छनोट समितिले २२ आवेदकबाट टप ५ जनाको नाम छनोट थिए । आज ती टप फाइभबाट गोविन्द गुरुङलाई सीईओमा नियुक्त गरेका हुन् । प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, बद्री गुरागाई र विष्णु देव यादव टप फाइभमा परेका थिए ।

विदेशी बैंकमा समेत काम गरेका कृषि विकास बैंकका नवनियुक्त सीईओ गुरुङले कस्तो बनाउँलान् घाटामा गएको कृषि विकास बैंकलाई । अहिले उनको नियुक्तिलाई अवश्य पनि अर्थपूर्ण रुपमा लिइएको छ । साढे दुई दशकभन्दा बढी बैकिङ क्षेत्रमा काम गरेको गुरुङले अवश्य पनि आगामी दिनमा राम्रो गर्ने आशा गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स