प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको यस्तो आयो चेतावनीपूर्ण अभिव्यक्ति

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अब आफू चुप लागेर नबस्ने बताएका छन् । देश अधोगतिमा लागेको भन्दै उनले अब आफू हेरेर चुप नबस्ने चेतावनी दिएका हुन् ।

७३ औं प्रजातन्त्र दिवसको शुभकामना जारी वक्तव्यमा पूर्व राजा शाहले देश अधोगतिमा लागेकाले अब आफू चुप लागेर नबस्ने चेतावनी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले भनेकेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’

राजनीतिक दल र राजसंस्था मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा पारेर उनले अर्थपूर्ण राजनीतिक वक्तव्य जारी गरेका हुन् ।

उनले पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक विग्रहको स्थिति देखापरेको उनको ठम्याइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स