सेनाले बजाएको ५५५ मादल, जसले बनायो गिनिजबुमा वर्ल्ड रेकर्ड

काठमाडौं । नेपाली सेनाले एकैपटक ५५५ वटा नेपाली मौलिक बाजा मादल बजाएका छन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा नेपलाी सेनाले सो मादल बजाएर विश्व कीर्तिमान कायम गरेको हो ।
नेपालको मौलिक बाजा मादललाई प्रवद्र्धन गर्ने हिसाब आयोजना गरिएको नौलो र पहिलो प्रयास हो, जसले नेपाली सेनालाई वल्र्ड रेकर्डको प्रमाणपत्र दिलायो ।

प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वल्र्डका नेपाल प्रतिनिधिले हस्तान्तरण गरे ।

सेनाले संगठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते उक्त संख्यामा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले आज हस्तान्तरण गरेका हुन् ।

मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ । नेपाली मौलिक चाड दशैँ, तिहार, सक्रान्ति, देउसी, भैलो, जात्रा, रत्यौलीलगायतका अरु विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाइ लिने गरिन्छ ।

गिनिजबुक अफ वल्र्ड रेकर्डस् संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए ।

उक्त रेकर्डले विश्व रेकर्डको मौलिक बाजलाई संसारभर परिचित गराउन सफल भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स