कृषि विकास बैंकको नयाँ शाखा नेपालगंजको पिपरीमा

काठमाडौं । कृषि विकास बैंकले नेपालगञ्जको पिपरीमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाका उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका छन् । बाँके जिल्लाका

सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले शाखा विस्तार गरेको बताए । कृषि बैंकको नारानै अरुलाई जोडने रहेकोले सयम परिस्थिति अनुसार अन्य क्षेत्रलाई समेटदै लगेतापनि कृषि क्षेत्रलाई विषेश जोड दिने बताए ।

कृषकको हित र सहजताको लागी कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन कृषि विकास बैंकले किसान क्रेडिट कार्ड संचालनमा ल्याएको पनि उनले सो अवसरमा उल्लेख गरे । उक्त कार्डको प्रयोगबाट कृषकलाई आवश्यक पर्ने मल, विउ र अन्य सामग्री खरिद गर्न र नगद भुक्तानी दिन र लिन समेत सहज हुने उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स