कार्लवर्ग, टुबोर्गलगायतका बियरमा आपूर्ति विभागले भेट्यो कैफियत

काठमाडौं । बजारमा बिक्री वितरण भइरहेको बियरहरूको गुणस्तरीयतामाथि गम्भिर प्रश्न चिन्ह उठेको छ । वाणिज्य विभागले यही साताको मंगलबार र बुधबार गरेको बजार अनुगमनको क्रममा कार्लसवर्ग, टुबोर्ग लगायतका आधा दर्जन कम्पनीका बियर म्याद सकिएको अनुगमनका क्रममा बतायो ।

आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार बजार अनुगमनको क्रममा यहि फागुन ३ गते सुरक्षित उपभोग्य अवधि सकिएर उपभोग गर्नै नहुने अवस्थाका टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाईजर र गोर्खा ब्राण्डका ३५५ कार्टुन बियर नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ ।

उक्त बियर ठूला पार्टी भोजमा लगेर खुवाउने ठाउँमा पठाउन लागिएको बुझिएको छ । ठूलो होटल तथा भोजहरूमा उपभोक्ताले थाहा नपाउने गरी बिक्री वितरण गर्ने गरिएको तथ्य समेत उक्त घटनाले उजागर भएको छ ।

टुबोर्ग, सानमिगेन, गोर्खा प्रिमियम र काल्र्सबर्ग ब्राण्डको करिब ३०२ कार्टुन बियर सिनामंगलस्थित सिके ट्रेडिङ प्रा.लि.को गोदाममा बिक्रीका लागि राखिएको अवस्थामा बरामद गरिएको थियो । निरिक्षण अधिकृत कमल प्रसाद भुषालका अनुसार त्यसरी अखाद्य बियर बिक्री वितरण गरेको पाइएमा विभागको टोल फ्रि नं ११३७ मा सूचना दिन समेत भनिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स