आज नेप्से करिब १०० अंकले बाउन्स ब्याक, ७ अर्बको कारोबार

काठमाडौं । आज नेप्सेमा ठूलो उतारचडाव देखिएको छ । कारोबार शुरु भएको पहिलो आधा घण्टामै नेप्से २६१५ अंकमा ओलिसकेको थियो । नेप्से १२ नबज्दै २७६५ अंकमा पुगेको थियो ।

सवा १२ मा २६६७ मा झरेको थियो । १२.२५ मा २७४१ अंकसम्म पुगेको थियो । त्यसपछि भने नेप्सेमा सामान्य उतारचडावकाबीच २७१२.०७ विन्दुमा कारोबार बन्द भएको छ । मंगलबार नेप्से १३.८३ अंकले बढेको हो ।

आज २२३ कम्पनीका ९५ हजार ६४६ पटक सेयर कारोबार भएको छ । १ करोड ५३ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३६ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ ।

ट्रेडिङ, फाइनान्स र उत्पादन मुलुक उपसमूहको सेयर मूल्य घटेको छ ।

मनकामना लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स