शैक्षिक योग्यता र अनुभव नपुगेपछि कृषि विकास बैंकका अध्यक्ष दुवाडीले दिए राजीनामा

काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष रमेश दुवाडीले राजीनामा दिएका छन्। बैंकको अध्यक्ष बन्न योग्यता नपुगेपछि दुवाडीले फागुन ४ गते अर्थ मन्त्रालयमा राजीनामा दिएका हुन् ।

दुवाडीसँग बैंकको अध्यक्ष बन्न योग्यता र अनुभव नपुगेपछि बोर्डकै अन्य सदस्य र अर्थमन्त्रालयले राजीनामा माग गरेको थियो ।

यसअघि उनी बैंकको सञ्चालक समिति सदस्य थिए । गत मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको थियो । तर, अहिले उनको शैक्षिक योग्यता र कार्यानुभवको विषयमा प्रश्न उठेपछि राजीनामा दिन बाध्य भएका हुन् ।

उनले अध्यक्ष नियुक्त भएको २ महिना मै राजीनामा दिएका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स