छानिए कृषि विकास बैंक हाक्ने ‘टप फाइभ’ प्रतिस्पर्धी

काठमाडौं । कृषि विकास बैंक हाक्ने ‘टप फाइभ’ प्रतिस्पर्धी छानिएका छन् । कृषि विकास बैंकको सीईओ बन्न दौडमा रहेका २२ प्रतिस्पर्धीमध्ये ‘टप फाइभ’ प्रतिस्पर्धी छानिएका हुन् ।

संचालक सुमन दाहाल नेतृत्वको छनोट समितिले २२ आवेदकबाट टप ५ जनाको नाम छनोट गरेको हो । टप ५ मा गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, बद्री गुरागाई र विष्णु देव यादव रहेका छन् । यिनै पाँचमध्ये बाट अब कृषि बिकास बैंक हाक्ने छन् ।

गोबिन्द गुरुङ सिभिल बैंकका पूर्व सीईओ हुन । उनले म्यानमारमा सिटिजन बैंकको समेत नेतृत्व सम्हालेका छन् । प्रताप सुवेदी बैंककै निमित्त सीईओको जिम्मेवारीमा छन् भने यज्ञ न्यौपानेले बैंकमै दोश्रो वरियताको जिम्मेवारी सम्हालिरहेका छन् ।

बद्री गुरागाई राष्ट्रिय सहकारी बैंकको सीईओ छन् । विष्णु देब यादव भने नेपाल एसबीआई बैंकका एजीएम छन् । अन्तर्वार्ताबाट ३ जनाको नाम सीईओका लागि सिफारिस हुनेछन् । संचालक समितिले ती ३ जनामध्ये बाट एक जनालाई सीईओ नियुक्त गर्नेछ । उनीहरूलाई फागुन ६ गते प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाइएको छ ।

कृषि किकास बैंकमा सीईओ पदका लागि आवेदन दिनेमा नेपाल सरकारको पूर्व सह सचिव, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक, अन्य बैंकका पूर्व सीईओदेखि राष्ट्रिय वाणिज्य बैंककै ३ जना दावेदार रहेका थिए ।

सीईओमा आवेदन दिनेहरूमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व डेपुटी सीईओ कविराज अधिकारी, भानु कँडेल, सीडीएससीका सीईओ पूर्ण प्रसाद आचार्यसम्म, ताराखर अधिकारी, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी, बद्रि गुरागाईँ, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्व प्रकाश सुवेदी, अशोक कुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुण कुमार ढुंगाना र प्रमोदबाबु तिवारी रहेका छन् ।

बैंक सीईओ पदका लाग माघ १५ गतेसम्ममा २२ जनाले आवेदन दिएका हुन् । सरकारी स्वामित्वको कृषि बैंकको सीईओबाट अनिल उपाध्याय बाहिरिएपछि नयाँ सीईओ नियुक्तिको प्रक्रिया अघि बढेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स