दशैंतिहारको अवसरमा दा मिलानो इटालिया र रोसो ब्रुनेलोमा ५०% सम्म छुट

काठमाडौं । विश्वविख्यात इटालियन फेसन ब्राण्ड ‘दा मिलानो इटालिया’ ले दशैंतिहारको अवसरमा छुटसहितको फेस्टिबल अफर ल्याएको छ । आरपी ग्रुपअन्तर्गतको दा मिलानो इटालिया र रोसो ब्रुनेलोले दशैंतिहारका अवसरमा उपभोक्तालाई ५० प्रतिशतसम्म छुटमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ ।

दा मिलानोका उच्चस्तरीय उत्पादन नेपाली उपभोक्ताहरुले रोजाइमा पर्ने गरेको स्टोर प्रमुख ग्रेशा खड्काले बताइन् । ‘दशैंतिहारको अवसरमा धेरै नेपालीले नयाँ सामान खरिद गर्नु हुन्छ । अन्य समयको तुलनमा यो अवसरमा बिक्री बढ्ने गरेको छ,’ खड्काले भनिन्, ‘चाडपर्वको अवसरमा उपभोक्तालाई सुविधा प्रदान गर्ने उद्देश्यले छुटको व्यवस्था मिलाइएको हो ।’

दा मिलानो इटालिया र रोसो ब्रुनेलोको शोरुम दरबारमार्ग क्यापिटल महलको ग्राउण्ड फ्लोरमा अवस्थित छ । दा मिलानो पुरुष तथा महिलाको कपडा, ह्याण्ड ब्याज, बेल्ट, कम्प्युटर ब्याग, वालेट, ट्राभल लगेज लगायतका उत्पादनका लागि प्रसिद्ध छ भने रोसो ब्रुनेलो पुरुष र महिलाका लेदर जुत्ताका लागि चर्चित छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स