एक लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले उपकार लघुवित्त वित्तीय संस्था र अपी पावर कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

यी २ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।

उपकार लघुवित्तको ६१.७५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३७३७ रुपैयाँका आधारमा ६१.७५ बोनस सेयर वितरणपछिको सेयरमूल्य २३१०.३६ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, अपी पावरको ७.५० प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २८६ रुपैयाँका आधारमा ७.५० प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य २६६.०५ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा भोलिबाट कारोबार हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स