काठमाडौं । पयर्टन व्यवसाय सहज बन्दै गएपछि प्रदेश १ नयाँ होटल तथा रिसार्ट बन्ने क्रम पनि बढेको छ । हालसम्म उक्त प्रदेशमा २ वटा पाँच तारा सहित ११ वटा होटल सञ्चालनमा रहेका छन् । अब १३ वटा होटल तथा रिसोर्टहरू आईईई प्रक्रियाका साथै निर्माण चरणमा रहेका छन् ।
विराटनगरको मोरङमा द सेन्चुरियन होटल निर्माण चरणमा रहेको छ भने विराटनगरकै मोरङमा लमन ट्री होटल आउने भएको छ । त्यसै गरी होटल हेरिटेज प्लाजा, आर.वि रिसोर्ट पनि मोरङलाई आफ्नो मुख्य व्यापारिक केन्द्र बनाएर आउने भएको हो ।
झापामा होटल इष्टन, होटल आयुष्मान र होटल निलगिरी सञ्चालनमा आउने भएको छ । उक्त होटलहरू पनि निर्माणको क्रममा रहेका छन् ।
खोटाङमा होटल ककनी र होलेसुङ रिसोर्ट, सोलुखुम्बुमा हिमालयन चेन रिसोर्ट, सगरमाथा माउन्टेन इको होटल सञ्चालनमा आउने भएको छ । त्यसैगरी सुनसरीमा होटल गरिमा सञ्चालनमा आउनका लागि पर्यटन विभागबाट अनुमति लिएका छन् ।
दुई पाँच तारा, दुई वटा चार तारा र एउटा तीन तारा होटल रहेको प्रदेश १ मा अन्य ६ होटलको भने पहिचान नखुलेको वा तारा नलिएका होटलहरू रहेका छन् ।
उक्त प्रदेशमा होटल मेची क्राउन र होटल किङ्स बेरी पाँच तारे होटल हुन् भने बिग होटल र रत्ना होटल चार तारे होटल हुन् । विराटनगरको सुन्दरबगंचामा रहेको नेपाललिरिका होटल तीन तारे होटल हो ।
आईईई प्रक्रिया साथै निर्माण चरणमा रहेका होटल तथा रिसोर्टहरुको विवरण
१। द सेन्चुरियन होटल –विराटनगर, मोरङ
२। लेमन ट्री होटल – विराटनगर, मोरङ
३। होटल इष्टन –झापा
४। होटल ककनी( खोटाङ
५। होटल पाथिभरा –ताप्लेजुङ
६। होटल हेरिसन प्यालेस( विराटनगर, मोरङ
७। सगरमाथा माउन्टेन इको होटल( सोलुखुम्बु
८। होटल आयुष्मान –झापा
९। होलेसुङ रिसोर्ट –खोटाङ
१०। आर। वि। रिसोर्ट ( विराटनगर, मोरङ
११। हिमालयन चेन रिसोर्ट –सोलुखुम्बु
१२।होटल निलगिरी( झापा
१३। होटल गरिमा( सुनसरी