आजको ‘टप टेन’ ब्रोकरको यस्तो छ कारोबार स्थिति

काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले लगानीकर्ताहरूले राष्ट्र बैंकसँग धेरै माग र आशा राखेका थिए । सोही अनुरुप बुँदागत रुपमा सम्बोधन नभएको कारण सामान्य लगानीकर्तााहरू असन्तुष्टी जनाउँदा अस्ति आइतबार ६०.७७ अंकले नेप्से परिसूचकमा गिरावट आयो । सुरुवातको ८ मिनेट भित्रै नै करिब ४० अंकको गिरावट आएको थियो । दिनभर घटेर कारोबार भइरहँदा अन्तिम समयमा पेनिक सेलिङ आएको थियो ।

त्यसै चरणको सिलसिलाको रुपमा आज पनि सामान्य अंकले १६.४० अंकले गिरावट आएको छ । करिब १.३० बजेसम्म सामान्य करेक्सनका साथ ‘साइडवेज’ चलेको बजार करिब २ बजेसम्म १ अर्ब ५ करोड जतिको मात्रै कारोबार भएको थियो । अन्तिम समयमा मार्केट बाउन्स ब्याक गएर पुनः करेक्सन हुँदा अन्तिम १ घण्टामा करिब ७५ करोड जतिको कारोबार भई कुल कारोबार १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रुपैयाँको कारोबार भएको छ ।

केहि दिन अघि ठूलो मात्रामा बिक्री गर्ने नासा सेक्यरिटिज् ५८ नम्बरले आजदेखि खरिद चापलाई बढाएको छ भने बिक्री चाप घटेको छ । १३ करोड १४ लाख ५६ हजार खरिद गर्दा ९ करोड ६ लाख ८ हजारको बिक्री गरेको छ ।

त्यस्तै दोस्रो नम्बरमा ४४ नम्बर ब्रोकरले ७ करोड ६७ लाख ४ हजारको खरिद गर्दा ९ करोड ४३ लाख ८१ हजारको बिक्री गरेको छ । त्यसैगरी ४५ नम्बर ब्रोकरले ८ करोड ६३ लाख ६९ हजार खरिद गर्दा ७ करोड ८८ लाख ५५ हजारको बिक्री गरेको छ ।

४९ नम्बर ब्रोकरले ५ करोड ९२ लाख ९२ हजारको खरिद गर्दा ७ करोड ४८ लाख ८१ हजारको बिक्री गरेको छ । त्यसैगरी ३४ नम्बर ब्रोकरले ७ करोड १७ लाख १० हजारको खरिद गर्दा ५ करोड ५८ लाख ९० हजारको बिक्री गरेको छ ।
अन्य ठूला कारोबार गर्ने ब्रोकर कम्पनीहरूको प्राय जसो खरिद चाप नै बढि देखिएको छ ।

केहि साना ब्रोकर कम्पनीहरूबाट बिक्री चाप देखिएता पनि ठूला कारोबार गर्ने ब्रोकर कम्पनीहरूबाट भने खरिद चाप नै देखिएको छ । सेयर मार्केट केहि दिन अगाडि पनि लगातार ३ दिनदेखि २०८७ को विन्दुलाई सपोट बनाएर एकै दिन बजार ७६.६४ अंकले वृद्धि भई बजार बाउन्स ब्याक भएको थियो ।

माथि जाँदा बजारले २२१३ को अवरोध सामना गरेको थियो भने तल आउँदा २०८७ मा पटक पटक सपोट लिएको छ । आज पनि बजार २१००.५७ अंकसम्म तल आई बजार बन्द हुँदा २१०५.४६ बिन्दुमा बन्द भएको छ । दिनभरको कारोबारलाई विश्लेषण गर्दा लागनीकर्ताले घटेको मूल्यमा सेयर बिक्री गर्न नचाहेको देखिन्छ । मार्केट घट्दा थोरै कारोबार भोलुम आउने र बढ्दा भोलुम बढ्ने दिनभर यस्तै स्थिति रहिरह्यो ।

प्राविधिक रुपमा पनि बजार २०८७ को सपोट लाइनमा भएकोले धेरै बिक्री चाप नआएको देखिन्छ । राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले बजारलाई स्वतन्त्र रुपमा छोडिदिँदा र ब्याजदर घट्ने र तरलता सहज हुने नीति अवलम्बन गर्दा पुँजी बजारको अबको यात्रा बढ्दो ट्रेण्डमै रहने विश्लेषण गर्न सकिन्छ भने प्राविधिक रुपमा पनि २०० दिनको मुभिङ एभ्रेजले ५० दिनको मुभिङ एभ्रेजलाई काटेर बजार बुलिस चरणमा गएको संकेत गरेको छ । जसले अब बजार केहि उतार चढाव हुँदै निरन्तर अप ट्रेण्डमा जाने संकेत गर्दछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स