अब घरजग्गाको कारोबार गर्न लाइसेन्स अनिवार्य, कानुन विपरित कार्य गरे १० लाखसम्म जरिवाना

काठमाडौं । अब घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य आवश्यक पर्ने भएको छ । लाइसेन्स नलिइ अर्थात ऐनले गरेको व्यवस्था बमोजिमको निर्देशन पालना नगरेमा बिगो वा सो नखुलेमा १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधानसहित सरकारले विधेयक तयार पारेर प्रतिनिधिसभामा दर्ता गरेको छ ।

विधेयकमा भनिएको छ ‘इजाजतपत्र दिने अधिकारीले त्यस्तो व्यक्तिलाई कारोबारको बिगो खुलेकोमा बिगो बमोजिम र बिगो नखुलेकोमा १० लाख रुपैयाँ जरिवान गर्न सक्ने प्रावधान विधेयकमा गरिएको छ । इजाजतपत्र नलिई घरजग्गा सम्बन्धी कारोबार गरे वा इजाजतपत्रको शर्त विपरितको कुनै कार्य गरेमा वा निर्देशन परिपालना नगरेमा सजायको व्यवस्था विधयेकमा गरिएको हो ।

सरकारले ‘केही नेपाल ऐन संशोधन’ मार्फत मालपोत ऐन २०३४ मा संशोधन गरी घरजग्गा सम्बन्धी कारोबार गर्नका लागि लाइसेन्स (इजाजत पत्र) लिनुपर्ने व्यवस्था गर्न लागेको हो । सो व्ववस्था गर्नको लागि मालपोत ऐन संशोधन सम्बन्धी विधेयक विधेयक प्रतिनिधि सभामा दर्ता गरिएको हो ।

‘घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिन चाहने व्यक्तिले तोकिए बमोजिमका विवरण, कागजात र दस्तुरसहित नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारी समक्ष निवेदन दिनुपर्नेछ,’ दर्ता विधेयकमा उल्लेख छ ।

विधेयकमा इजाजतपत्र ५ वर्षको लागि मान्य हुने व्यवस्था गरिएको छ । साथै, इजाजतपत्रको ढाँचा, नवीकरण, नवीकरण दस्तुर तथा सो सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने व्यवस्था विधेयकमा गरिएको छ ।
सरकारले गत आर्थिक वर्षको वर्षको बजेटमार्फत पनि घरजग्गा कारोबारलाई व्यवस्थित गर्न इजाजतपत्र लिएर मात्रै कारोबार गर्न पाउने व्यवस्था घोषणा गरेको थियो ।

खारेज पनि हुन सक्छ इजाजतपत्र
घरजग्गाको कारोबारको लाइसेन्स लिनको लागि निवेदन दिनु पर्नेछ । लाइसेन्स लिने व्यक्तिले झुट्टा विवरण पेस गरी इजाजतपत्र लिएमा, इजाजतपत्र जारी गर्दाका बखत तोकिएको शर्त उल्लंघन गरेमा, नियम बमोजिम इजाजतपत्र दिने अधिकारीले दिएको निर्देशनको पालना नगरेका वा इजाजतपत्र नवीकरण नगराएमा इजाजत खारेज हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स