काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको लाभांश सम्बन्धित पत्र नेप्सेमा ढिला उपलब्ध गराएकोमा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सो संस्थाको सेयर कारोबार रोक्का गरिदिएको हो ।
लघुवित्तले मावनीय त्रुटिका कारण त्यस्तो हुन गएको र अब आइन्दा सचेत रहने प्रतिबद्धतासहितको पत्र पठाएपछि सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।
नेप्सेले लाभांश घोषणासम्बन्धी निर्णयबारे ढिला गरी जानकारी गराएकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ भएको व्यवस्थाबमोजिम विजय लघुवित्त सेयर कारोबार गत माघ २६ गतेदेखि रोक्का गरेको थियो।
नेप्सेले सेयर कारोबार रोक्का गर्दै तीन कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि विजय लघुवित्तलाई निर्देशन दिएको थियो।
योसँगै अब भोलिबाट कम्पनीको सेयर कारोबारमा आउने छ ।