नेपालगंज मेयर कप क्रिकेटका पाँच खेल कोहलपुरमा हुँदै

 

नेपालगंज । नेपालगंज मेयर तथा उप-मेयर कप क्रिकेट प्रतियोगिताको पाँच खेलहरु कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने भएका छन् । प्राविधिक कारणले मंगलबार र बुधबार लिग चरणका पाँच खेल कोहलपुर गर्ने आयोजकले तयारी गरेको छ ।

जारी प्रतियोगिताका खेलहरु नेपालगंज स्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भैरहेको थियो । तर विद्यालय स्तरको रनिङ शिल्ड प्रतियोगिता तयारीको लागि मंगलप्रसाद उच्च माविले मैदान आवश्यक परेका भन्दै आयोजकलाई केहि दिन प्रतियोगिता अन्यत्र गर्न अनुरोध गरेको थियो ।

जसका कारण मंगलबार र बुधबार दुई दिन कोहलपुर स्थित क्रिकेट मैदानमा खेलहरु आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए ।

दुई दिनमा लिग खेल अन्तर्गतका ५ खेलहरु कोहलपुुर मैदानमा हुने उनले बताए । सेमिफाइनल र फाइनल खेल भने रनिङ शिल्ड सकिएपछि मंगलप्रसाद उच्च माविकै मैदानमा गर्ने तयारी भएको प्रतियोगिता संयोजक खानले बताए ।

प्रतियोगितामा सोचेभन्दा धेरै टिमले सहभागिता जनाएका कारण पनि समयमै सम्पन्न गर्न कठिन भएको उनले बताए । प्रतियोगिताको महिला उपमेयर कप प्रतियोगितातर्फ नेपालगन्ज मोडेल एकेडेमी र होलिल्यान्ड स्कुल फाइनलमा पुगिसकेका छन् ।

बाँके जिल्लाक्रिकेट संघले आयोजना र नेपालगन्जउप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँप्राप्तगर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामापुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

प्रतियोगितामाविधागत रुपमाउत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स