६ महिनामा ५ अर्ब ६३ करोडले घट्यो सेयर धितो कर्जा, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लगानीकर्ताहरूले सेयर धितो कर्जाको वापत लिएको ऋण ५ अर्ब ६३ करोड रुपैयाँले घटाएका छन् । गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो कर्जा ८० अर्ब ५० करोड रुपैयाँ रहेकोमा पुस महिनामा सो कर्जा घटेर ७४ अर्ब ८७ करोडमा झरेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा संस्थाले एउटा संस्थाबाट बढीमा ४ करोड रुपैयाँ र समग्रमा १२ करोड रुपैयाँसम्म सेयर धितोमा कर्जा लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको यहि नीतिले लगानीकर्तामा दवाव परेपछि बैंक तथा वित्तीय संस्थाबाट लिएका कर्जा लगानीकर्ताले घटाएका हुन् । आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म सेयर धितोकर्जा १ खर्ब ६ अर्ब रहेको थियो । डेढ वर्षको यो अवधिमा बैंक तथा वित्तीय संस्थामा ३१ अर्ब ४१ करोड रुपैयाँले सेयर धितोकर्जा घटेको छ ।

चालु आवको यो अवधिमा वाणिज्य बैंकहरूले ६ अर्ब ४१ करोड रुपैयाँ सेयर धितो कर्जा वापत लिएको कर्जा घटाएका छन् । २०७९ असारसम्म वाणिज्य बैंकहरूको यस्तो कर्जा ६४ अर्ब ८१ करोड रहेको थियो ।

पुसमसान्तमा आउँदा सो कर्जा घटेर ५८ अर्ब ४० करोडमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्ष अर्थात राष्ट्र बैंकले सेयर धितो कर्जालाई कस्नु अघिसम्म वाणिज्य बैंकहरू सेयर धितोकर्जामा ९० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैंकहरूको सेयर धितो कर्जा घट्दै गएपनि विकास बैंकहरूले भने यस्तो प्रकृतिको कर्जा बढाउँदै लगेका छन् । वाणिज्य बैंकले सेयर धितो कर्जा नदिए पछि विकास बैंकको कर्जा बढेको हो । पछिल्लो महिनामात्रै विकास बैंकहरूले १७ करोड ६० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । मंसिरमसान्तसम्म १२ अर्ब ४९ करोड ३० लाख रुपैयाँ रहेको सेयर धितोकर्जा पुस महिनामा आउँदा बढेर १२ अर्ब ६६ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

विकास बैंकको सेयर धितो कर्जा बढेपनि फाइनान्स कम्पनीको भने घटेको छ । अघिल्लो महिना मंसिरमा ३ अर्ब ८३ करोड ३० लाख रुपैयाँ रहेको फाइनान्स कम्पनीहरूको सेयर धितोकर्जा पुसमा आउँदा घटेर ३ अर्ब ७८ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको अन्त्य अर्थात असारमसान्तसम्म फाइनान्स कम्पनीहरूको सेयर धितो कर्जा ३ अर्ब ९१ करोड ५० लाख रुपैयाँ थियो ।

सेयर धितोमा बैंकहरूले प्रवाह गरेको कर्जा

यो अवधिमा सबैभन्दा बढी सेयर धितोमा कर्जा नबिल बैंकले दिएको छ भने स्ट्याण्डर्ड चार्टड बैंकले सेयर धितो कर्जा दिएको नै छैन । नबिल बैंकले ७ अर्ब ३० करोड ४२ लाख रुपैयाँ सेयर धितोका कर्जा लगानी गरेको छ ।
सेयर धितो कर्जा प्रवाह गर्ने बैंकमा पनि सबै भन्दा कम यस्तो कर्जा दिने बैंकमा नेपाल एसबिआई बैंक बनेको छ । बैंकले २ करोड ७७ लाख रुपैयाँमात्रै सेयर धितो कर्जा प्रदान गरेको छ ।

सेयर धितोकर्जा बढी प्रवाह गर्ने बैंकको दोस्रो नम्बरमा ग्लोबल आईएमई बैंक परेको छ । बैंकले हालसम्म ६ अर्ब ५४ करोड ९६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । सेयर धितो कर्जा बढी दिनेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक परेको छ । बैंकले हालसम्म ४ अर्ब ३२ करोड ३० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेको छ ।

Bank Margin Nature Loan Push (2079) Margin Nature Loan Asar(2079)
NBL 3552.82 4605.59
RBB 4323.02 4623.24
NABIL 7304.25 7617.21
NIBL 4248.46 1683.51
SCBNL
HBL 1259.68 1295.84
NSBI 27.76 32.72
EBL 790.04 736.88
NIC 1357.68 1919.24
MBL 714.61 1449.22
Kumari 3530.75 2600.74
Laxmi 2268.31 2109.04
SBL 3638.88 4055.61
ADBNL 1170.03 1172.43
Global 6549.68 4999.44
Citizen 3779.56 4074.66
Prime 2887.82 3466.91
sunrise 1839.63 2255.08
NMB 1460.97 1450.93
Prabhu 4195.22 2052.00
CBL 2107.97 2330.27
Sanima 1497.76 1757.07

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स