जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने २ करोड ३३ लाख ५४ हजार ५७९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने २ करोड २१ लाख ८५ हजार ९०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतले हुन आउने ११ लाख ६७ हजार ६७९ रुपैयाँबराबरको नगद लाभांश छन्।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स