काठमाडौं । टाइटन घडीको नयाँ शोरुम जावलाखेलमा खुलेको छ । यसअघि दरबारमार्ग र धरानमा रहेको उक्त घडीको शोरुम आजबाट ललितपुरको जावलाखेलमा पनि खुलेको हो । टाइटन घडीको आधिकारिक बिक्रेता नेपाल ट्रेड नेटवर्क प्रालिले नेपालमा उक्त ब्राण्ड भित्र्याएको हो ।
आज सोमबार टाइटन घडीको शोरुम नयाँ साजसज्जाका साथ पुन खुला गरिएको हो । विश्व भरि लोकप्रिय बनेको भारतीय टाइटन ब्राण्डका १ हजारभन्दा बढी भेराइटीमा पाउन सकिन्छ । उक्त कम्पनीले पछिल्लो समय स्मार्ट वाच पनि बजारमा ल्याएको छ ।
चार दशक पुरानो यो कम्पनीले वार्षिक २ अर्ब ८० करोड रुपैयाँको घटी बिक्री गर्ने गरेको छ ।